Monday, August 13, 2012

साला लाम्खुटे

निदाउन खोज्छु म, साला लाम्खुटे टोकी रहन्छ 
चुप चाप चुस्नु नि रगत, साला कान मा खोकी रहन्छ 

गर्मी बडेछी लाम्खुट्टे  को हर्मोन पनि बडेछ 
दिन होस् कि रात साला निन्द्रा रोकी रहन्छ 
चुप चाप चुस्नु नि रगत, साला कान मा खोकी रहन्छ 

झुल हालु कि धुप बालुकी, आइ रहन्छ मोरो 
निदाउन नि दिन्न साले रगत पनि धोकी रहन्छ 
चुप चाप चुस्नु नि रगत, साला कान मा खोकी रहन्छ

No comments: