Friday, June 20, 2014

फोटो हेरेरै फस्नेलाई मैले के नै गर्न सक्छु र

ग्र्याभिटीले खस्नेलाई मैले के गर्न सक्छु र
फोटो हेरेरै फस्नेलाई मैले के नै गर्न सक्छु र

नाम मात्र थाहा छ, अरु कस्ले जानोस
नचिनीनै मनमा बस्नेलाई म के गर्न सक्छु र
फोटो हेरेरै फस्नेलाई मैले के नै गर्न सक्छु र

इन्ट्रेस्ट छैन मलाई, बालाई छैन मलाई
भन्दा भन्दै मनमा पस्नेलाई म के गर्न सक्छु र
फोटो हेरेरै फस्नेलाई मैले के नै गर्न सक्छु र

न भन्नु नै छ मलाई, न अरु कसैलाई केही खबर छ
नजानी कनै मनलाई डस्नेलाई मैले के नै गर्न सक्छु र

No comments: