Saturday, April 27, 2013

जोकै त हो जिन्दगी


जती जे खाए पनि भोकै त हो जिन्दगी
गफ जती हाने पनि जोकै त हो जिन्दगी

जती सुकै अक्सिजन ताने पनि आखिरमा
ग्यास उडेको तातो कोकै त हो जिन्दगी
गफ जती हाने पनि जोकै त हो जिन्दगी

चली रहन्छ, चली रहन्छ भने पनि आखिरमा
नेपाल बन्द झै एक रोक कै हो त जिन्दगी
गफ जती हाने पनि जोकै त हो जिन्दगी

सुन्दर छ , बास्ना आउछ भने पनि आखिरमा
मन्दिरमा बानी राखेको गनाउने बोकै हो जिन्दगी
गफ जती हाने पनि जोकै त हो जिन्दगी

No comments: