Sunday, December 2, 2012

कालो अक्षर भैंसी बराबर

कालो अक्षर भैंसी बराबर 
भन्छन! 
तर अक्षरको कहाँ मोल छ यहाँ? 
अक्षरको कहाँ तोलछ? 
अक्षर यहाँ लाटो छन 
मौन्ता धेरै बोल्छन! 
अक्षर बिक्दैन यहाँ 
बरु भैंसी बिक्छन! 
काट कुट पार्छन 
मसलामा मोल्छन! 
सेकुवा हुने गरी पोल्छन!
बरु भैंसी यहाँ किन्छन!
पिठोमा बेरी उसिन्छन
म:म भनी खान्छन!
अक्षर त कागजमा
तेस्सै बिलाई जान्छन!
तेही कागज
मधिसेले लान्छन
चन चट्पटे
हाली बेच्छन
नेपालीले खान्छन! 

2 comments:

I'mawesome said...
This comment has been removed by the author.
I'mawesome said...

nice poem but मधेसी लाई मधेसे रे -_-