Wednesday, September 28, 2011

म त्यो अक्षर हुँ
जुन आज फिक्का भै सकेको छ
किरा ले खाइ सकेको पुरानो दराजमा
धुलो र ढुसीले कवज बनेको
तेही पुरानो पुस्तकको म काहानी हुँ

म त्यो स्वोर हुँ
जुन आज फिक्का भै सकेको छ
सन्दुक भित्र मुसाले टोकेर
तार हरु धुजा धुजा पारेको
तेही रेडियोको आवज हुँ म

म त्यो मान्छे हुँ
जुन आज दिक्क भै सकेको छ
दुनियाँले खाइ सकेको
सताइ सकेको
रुवाइ सकेको
तेही एउटा बाउला हुँ म !

No comments: