यो राजनीतिक कुरा हैन।
शायद त्यो कुरा खुलाउन जरुरी थियो होला। वा नहुन नि सक्छ। लेखको अन्त्यले बताउला, वा अन्त्यमा आँफैले कसरी लिने हो लिनु होला।
कथा
कहिले सुरु हुन्छ, म आँफैलाई थाहा छैन। मेरो पोलिटिकल पृष्ठभूमि खासै
राम्रो छैन। तर, मानौ, कथा २००७ सालमा सुरु भयो। १९०७ मै सुरु भएको नि हुन
सक्छ। तर अहिलेको अवस्थालाई मध्य नजर राखेर हेर्दा, २००७ साल भन्दा उचित
होला। राजनीतिक ज्ञान धेरै छैन, र गलत हुन सकुला, आफ्नो ठाउँमा छ। तर सात
सालको आन्दोलनलाई नेपालको पहिलो राजनीतिक जागरण भन्न सकिएला। संस्थागत
बंशाणुगत प्रधानमन्त्री बन्ने प्रथाको अन्त्य सँगै एउटा नयाँ सुर्य उदायो
देशमा। तेही समयमा, वा केही बर्ष अगाडि मात्र, तत्कालिन जापानी औपनिवेशक
सरकारको शासन बाट उन्मुक्ती पाएर दक्षिण कोरिया नि प्रजातन्त्रको हावा लिदै
थियो। यो कुरालाई एतै छोडम।
सात सालको अन्त्य पछी को आयो गयो, फेरी
तेस्मा नजाउ, अहिले लाई मानौ, क, ख र ग आए वा थिए। त्यहा बाट सुरु भएको
नेपालीको प्रजानन्त्रको क्रान्तिले धेरै कोल्टे फेर्यो। अहिले सम्म आउँदा,
कती वटा जनआन्दोलन भए? कती वटा जनआन्दोलनले जनताले चाहेको कुरा पुग्यो?
सातसालको प्रजातन्त्र आए देखी अहिले सम्म मा तेही भएको दलहरुले देशको लागि
के गरे? आफ्नो लागि के गरे भनेर लिस्ट बनाउने भए, सयौ नेताको काठमाडौंमा
घर, बिदेशी बैंकमा क्याल्कुलेटरले गन्न नसक्ने पैसा भए होलान, तर जनता र
देशको लागि एउटा औंलामा गन्न सक्ने काम भएको छ? प्रजातन्त्र आयो, जनता को
लागि भन्ने बकम्फुसे गफ नदिउ होला। ठीक छ २०४६ साल अगाडि के भयो म सँग
ज्ञान नहोला। २०५४-५५ देखीको अवस्था बारे आफुले भोगेकोले अली अली भन्न
सक्छु होला।
जनयुद्ध तिर त जादै नजाउ होला, त्यो त
अहिलेका नेताहरु भन्दानी बेकार भएर गयो। मुलधार राजनीतिको कुरा गरम।
जनयुद्धको बेकारीताको कुरामा बहस गर्न मन लाग्यो यो सुनेर भने, केवल एउटा
कुरा भन्न छ मलाई। देशले के पायो? दुइटा श्रीपेच नभएको राजा? हजारौ अपाङ्ग र
टुहुरा? आखिरमा के-को लागि? दुइटा नेताको ब्यक्तिगत स्वार्थ र बैंक
ब्यालेन्सको लागि? कलम समाउने उमेरमा बन्दुक समाउने ति विद्यार्थी, सिप
सिक्ने उमेरमा बम बनाउने ति युवाहरुले आज आएर के पाए? जती तीनको टाउकोले
पाए? तथ्यान्क म सँग नहोला, तपाईंहरुलाई थाहा नहोल, तर अनुमान गर्नुस्, ति
सैनिक वा लडाकुहरुको जिन्दगीमा के फेरबदल आयो होला? धेरै फेरबदल भए , तेही
नेपालको माटो बाट खाडीको तातोमा पुगे होलान। तर टाउकेहरुको ताल हेर्नुस्,
चिल्ला गाडी, कती करोडको घर, कती लाखको घडी, बिचार धारा चाँही कस्को रे?
चेर्म्यान माओ! एदी कम्निस्ट भएर यो कुरा मा लजिक देखेर ति टाउकोको डिफेन्ड
गर्न हुन्छ भने, मलाई नमस्ते बाहेक केही भन्न छैन। तर यो लेख, जन्ययुद्धको
खोट बारे हैन। तेसैले तेस्लाई तेतै छोडेर मुख्य कुरामा जाउ।
काङ्रेस
एमाले कती साल देखी सकृय भए, त्यो मलाई थाहा छैन। र सातसाल पछीको प्रथम
निर्वाचित प्रधानमन्त्री देखीको कुरा गर्ने हो भने अवस्य नि राजा हुँदा
सम्म "जन्ता" ले केही पाएन्न भनेर रक्षा गर्नेहरुको हुइरो लाग्ला। ठीक छ
त्यो मैले माने रे। तर, एक चोटि, कोही राजनीतिक रुपमा पक्षपात नभएको
व्यक्तीलाई सोधेर हेर्नुस्, अनी तेही राजा हुँदा जनताले पाएको के थियो, के
थिएन र तेही राजा अहिले हट्दा पाएको कुरामा कती भिन्नता आएको छ। फेरी पनि,
होला राजा हुँदा, म जन्मिनु अगाडिको कुरामा निरन्कुश्ता थियो, जनताले भनेको
कुरा गर्न पाउदैन थिए। वा अरु तेस्तै केही जनताको अधिकार खोशिएको थियो
होला। तर मैले देखे देखीको कुरामा जाने हो भने। म केही फरक देख्दिन। ठीक छ,
नेताहरुले राजाले भनेको नमानेको खन्डमा, वा आन्दोलनको कुरा निकाल्न खोज्दा
दबाइन्थ्यो, फोन काटिन्थ्यो, दुनियाँ गरिन्थ्यो होला। इन्टर्नेट आइ सके
पछी इन्टरनेट नि काटेको पाइयो। तर सधैं अवस्था त्यस्तो थियो र? आफ्नो
संस्थामा आच आउने कुरा गर्न खोज्दा राज्संस्था सुरक्षात्मक हुन्थ्यो। त्यो
अहिलेको सरकार नहोला?
मानौ अहिले, जनताले आन्दोलन गरे,
६२-६३ को जस्तै बिशाल। र त्यो आन्दोलन साम्म्य पार्न राजाले वा तत्कालिन
सरकारले गोली चलायो र धेरै को मृत्यु भयो। अहिले तेही अवस्था हुने हो, र
जनता यि नेताको विरुद्ध लाग्ने हो भएन त्यो अवस्था आउँदैन? कर्फिउ लाग्दैन ?
गोली चल्दैन? मानौ, जसरी राजदरबार तिर त्यो हुल लागेको थियो, जुन देखेर
ज्ञानेन्द्र शाहाले आफ्नो गद्धी त्याग्न तयार भए। अहिले को नेताहरुले बिना
रक्तपात त्यो छोड्लान? कुरा तुलनाको हैन। कुनै पनि, एउटा शक्तीमा बसेको
मान्छेले आफुलाई हटाउन खोज्दा एउटा हद सम्म तेस्लाई रोक्न खोज्छ। तेही
कुरालाई लिएर कोही व्यक्तीलाई नराम्रो भन्ने, तर अहिले सोही स्थिति आएको
खन्डमा आफु तेही बन्नेलाई चाँही पाखण्डी भन्न पर्छ। यो अनुच्छेद
ज्ञानेन्द्र शाहाको प्रशंसा वा राजतन्त्रको समर्थनमा बनेको अनुच्छेद हैन,
केवल एउटा सामान्य अवलोकन को कुरा, जुन मानव व्यवहार सँग जोडीएको छ,
तेस्लाई उल्लेख गरिएको हो।
कुरा अर्कै तिर मोडियो।
तर
फेरी पनि, यो कुनै एउटा पार्टी वा संस्था प्रती केन्द्रित भएर गरिएको कुरा
हैन, वा मैले देख्दै नदेखेको समयको राजनीतिक विश्लेषण। तर मेरो मुख्य तर्क
तिर लाग्न अगाडि एती कुरा भने उल्लेख गर्न जरुरी थियो। अब लागौ मुख्य कुरा
तिर।
देशमा धेरै क्रान्ति भए, धेरै आन्दोलन भए, धेरै
नेता र सरकार फेरिए। प्रधानमन्त्री त ३८ ओटै पुगे होलान। तर म अब आफुले
देखेको कुरामा प्रसँग जोडेर आफुलाई चित्त नबुझेको कुरा भन्न तिर लाग्छु।
जुन
पार्टी होस्, जुन संस्था होस्। स्थापित भएको कती भयो? ३८ वटा
प्रधानमन्त्री बने, देशमा के भयो? ३८ छोडिदिउ, ४६ साल पछी बनेका
प्रधानमन्त्री पछी देशले के पायो? जनताले के पाए? २९ बर्षमा पर्याप्त
परिवर्तन के आयो? बिकासमा होस या देशको मुहार बद्लिने केही काम किन नहोस्?
गर्न खोजे सकिन्न थियो? २९ बर्षमा के गर्न नसकिएला? ठिकै छ फेरी राजाले
दिएन भन्ने होला। माने मैले त्यो नि। राजा हेट पछीको कुरा गरौ। के भयो ?
जनताले के पाए? राजा हुँदा म जे थिए म तेही छु, राजा हुँदा मलाई जस्तो थ्यो
देशको अवस्था तेस्तै छ। ठीक छ, राजा हुँदा नेताले ब्रम्हलुट गर्न पाएको
थिएन्न, अहिले गरेको छन। जनता जस्तो गरीब थिए, उस्तै छ, जस्तो शोषित थिए
उस्तै छ, जस्तो आधारभूत आवश्यकताहरुको लागि संघर्ष गर्थे गरी रहेको छन।
कस्ले के पायो? स्वतन्त्रता पायो, राजा हुँदा त्यो थिएन भन्ने लाई, राजा
हुँदा, अझ ज्ञानेन्द्र, गाइ-जात्रामा राजालाई जिस्काएर बनाइेको नाटक मैले
नै कती पटक हेरे। बरु अहिले पो त्यो पाइदैन रहेछ। एउटा कलाकारले गीत गायो
भनेर, जुन गीत ले १०० प्रतिशत सत्य कुरा बाहेक केही बोलेको छैन। त्यो हटाउन
लगाउनु भनेको कायर्ता हो कि मुर्खता? जे भए पनि एस्को मुल जड भनेको
निरन्कुश्ता नै हो।
तेही राज्संस्थाले गरेको कामको बिरोध
गरेर, राज्यको ढुकुटी रित्याइयो भन्दै कराएर। राज्किय सम्मान, राज्किय
सवारीको नाममा हुने जाम र ज्यादातीको बिरोध गर्दै, जनताको छोराछोरी अब
राष्ट्रपती र प्रधानमन्त्री हुन्छ भन्दै, राज्संस्थाको नाम बाट राजा हटाएर
आफुलाई राख्न सफल नेताहरुलाई नि नमन भने गर्नै पर्छ। अझै नमन गर्न पर्ने त,
उनीहरुको हरेक कुरामा हो मा हो लाउनेहरु मा। आफ्नो पार्टीको कुरा
निस्केकोले रक्षा गरेर हैन भन्न धेरै अग्रसर होलान, तर मेरो ठाउँ बाट, एउटा
राजनीतिक रुपमा तटस्थ व्यक्ती, र म जस्तै हजारौ जनताको माजमा, नेताले केही
गरेको छैन्न। यो सत्यता हो! र तेही गलत कुरालाई नि हो मा हो मिलाएर अगी
बढ्नु भनेको मुर्खता बाहेक केही हैन। ६३ एता जती प्रधानमन्त्री फेरिए पनि
काम भएन्को केही भएको छैन। एत्रो बर्षमा केही गर्न सकिन्न होला? हजारौ
मान्छेलाई बन्दुक उठाउन राजी बनाउने सक्नेले, देशमा जनयुद्ध जस्तो क्रान्ति
रचन सक्ने ले देश चलाऊने अवसर पाउदा अरुले दिएन भएन्र पछी हट्न कती
सुहाउछ? जनयुद्ध नि नेपाल सेना र राजाले गर्न दिएको त थिएन्न, जती गार्हो
भए नि भएकै थियो? अहिले किन सकिन्न? जब आफु सत्ता समालेर बसेको हुँदा? यो
कुरा वहियात लाग्छ भने, लोड्शेडिङको कुरा गरम, कती बर्ष उल्लु बनाइयो जनता
लाई लोड्शेडिङ बारे? कती पैसाको खेल भयो? को को ले खेलेको थिए? त्यो आफ्नो
ठाउँ मा छ, तेस्लाई एकछिन तेतै छोडम। तर लोड्शेडिङ मा पक्कै शक्तिशाली
मान्छेहरु कै हात थियो। एउटा कुलमान घिशिङले एक्लै, ( र आफ्नो टिमको
सहयोगले) त्यस्तो कुरा समाधान गर्न सके भने, जन्युद्ध रच्नेले अरुले गर्न
दिएन भन्न कती सुहाउछ? जब हजारौको रगत बघाएर देशमा क्रान्ति ल्याउन भनेर
अहिले आफु पुगेको ठाउँमा पुगेको व्यक्तीले। अरु पार्टीको कुरा गरौ भने नि
उस्तै हो, काङ्रेसका कती प्रधानमन्त्री आए, गएको केही बर्ष एता कम्निस्टको
कती आए?
१० प्रधानमत्री फेरिदा एउटा नेताको सम्पत्ति कहाँ
बाट कहाँ पुग्यो र एउटा जनताको कहाँ बाट कहाँ पुग्यो कस्ले बुझ्या छ? ति
नेताको हरेक कुरामा हो मा हो लगाउने कार्यकर्ताले आफ्नो जिन्दगी, आफ्नो
जिविकोपार्जन कसरी भएको छ भनेर नियाल्न कती जरुरी छ? आफु सधैं तेहीको तेही
आफ्नो नेता को ब्रम्हलुटमा नि चुप किन? घुस खाएको छैन्न भन्ने कोही आउछ भने
त मेरो फेरी नमस्ते छ! दिमाग कती हद सम्म भुटिएको छ भन्ने तेही बाट थाहा
हुन्छ। गएको राजनीतिक पीढीले केही पनि गरेको छैन्न देशमा। जुन मानस्किता
थ्यो, त्यो पुरानो थियो। अहिले को चरम आवश्यकता भनेको युवा पिढी हो भनेको
धेरै सुनिन्छ। तर युवा पिढी नै तेही पुरानो नेताको पाइला मा हिड्छन भने,
देश अझै १०० बर्ष पछाडि ढकालइन्छ। एउटा पढे लेखेको पिढीले गलतलाई गलत र
सहीलाई सही भन्न सक्दैन भने, तेस्लाई के भन्ने?
अबको पालो
नयाँ पिढीको हो, तर एदी त्यो नयाँ पिढी नि तेही पुरानो शैलीमा राजनीतिमा
ओर्लिने भए के काम भयो र? ठीक छ, आफ्नो बिचार धारा भएको पार्टी हो, त्यो
आफ्नो ठाउँमा छ, तर जस्तो शैलीमा ति पार्टी चलेको छन, त्यो गलत छ। र त्यो
बद्लिन नयाँ पिढीले कदम चाल्नै पर्छ। देश बनाउन राजनीति मै लाग्न पर्छ
भन्ने छैन, इक्ष्या हुन पर्छ। महाबिर पुन कुन पार्टी को हुन? कुनै होलान,
मलाई थाहा छैन। तर जती महाबिर पुनले आफ्नो ठाउँको लागि गरेको छन तेती कुनै
नेताले देशको लागि गरेको छैन्न। ठीक छ आफ्नो सन्तान र आफ्नो गाउको लागि
गरेको होलान, तर त्यो भोटको लागि गरे। देशको लागी त उही हो। मैले आफ्नो
ठाउँमा बसेर सोच्दा, यो एती पार्दर्शी छ, तर धेरै पढे लेखेकै विद्यार्थी र
पार्टीको कार्यकर्ताहरुको आँखामा मोतीबिन्दु केस्ले लगायो? शायद पछी आफु नि
तेही ठाउँ मा पुगेर तेही गर्न भनेर हो कि? हो भने समाज बद्लिन, देश
बद्लिन, वा क्याम्पस बद्लिन भनेर ठुला कुरा गर्न भएन। आफ्नो अवस्था र बैंक
ब्यालेन्स बध्लन भन्दै अगाडि बढ्न पर्यो।
म बुद्धिमान
मान्छे हैन, मेरो बिद्यालय देखी विश्वबिध्यालय सम्म को सबै साथीहरुलाई सोधे
त्यो कुरा प्रस्ट हुन्छ। तर एदी म जस्तो एउटा औशत मान्छेलाई यो कुरा एती
प्रस्ट छ भने अरुलाई किन छैन? जो आफु बुद्धिमान भएको दर्शाउदै हिड्छन?
तेसैले
एउटा सानो आग्रह, नेपाल सानो छ तर सुन्दर छ। सयौ थुङा फुलको हामी भनेर
खेलमा बज्दा वा, राष्ट्रबादको कुरा निस्किदा छाती फुलाएर हामी राष्ट्रबाद
देखाउन वा झक्लाउन पछी पर्दैनौ, एउटा फेसबुकमा कुनै बिदेशीले नेपालको बारे
लेख्दा मात्रा किन नहोस्। तर तेही सयौ थुङा फुलको एउटा राम्रो बगैचा। जुन
संसारको धनी मणी देशले पैसा तिरेर नि बनाउन सक्दैन्न, त्यस्तो एउटा सुन्दर
देश, सानो देशमा हामी सबै मिलेर परिवर्तन ल्याउने हो भने जत्ती नि सम्भव छ।
युवा जागरुक हुन जरुरी छ, तर पुरानो शैलीमा हैन। केही गर्नु छ, देश राम्रो
बनाउन छ भने, एक एक पाइला गर्दै अगी बढ्न पर्यो। सबै भन्दा पहिले,
सुरुवात गर्न पर्ने कार्य, हाम्रो पिढीको मान्छे, भ्रष्ट हुन भएन।